CLASSICTECH NET

गुरुकुलमा ‘दशैं’ मञ्चन

खबर पूर्वाञ्चल, २३ भाद्र २०७६, सोमबार २१:०१

विराटनगर / आरोहण–गुरुकुल विराटनगरमा जारी विद्यालय नाटक महोत्सवमा सोमबार ‘दशैं’ मञ्चन भएको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटक घरमा पेरागन एकेडेमी मा.वि.ले तयार पारेको नाटक दशैं मञ्चन गरिएको हो । अमुदा भट्टराई कोइरालाको निर्देशनमा तयार सो नाटकमा विद्यालयकै कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीले अभिनय गरेका थिए ।

नाटकमा वर्गिय विभेदका कारण बालबालिकामा पर्ने असरलाई नाटकमा देखाईएको छ । चाढपर्वमा वर्गिय असमानताका कारण आएको विकृती र त्यसले बालमनोविज्ञानमा पर्ने असरलाई निर्देशक कोइरालाले नाटकमा समेटेकी थिईन । नाटक हेरेर निस्केका विराटनगर २ का सुशील कार्कीले नाटकले नेपाली समाजको वर्तमानलाई रोचक ढंगले देखाइएको बताए ।

यस्तै विराटनगर ८ कै किरण खड्काले चाढपर्वको महत्वलाई ध्यान नदिने तर देखावटीपनलाई बढावा दिने पछिल्लो परिपाटीलाई नाटकले व्यंग्य गरेको बताए । आरोहण–गुरुकुल विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको संरक्षण र प्रवद्र्धनमा सुरु भएको नाटक महोत्सव भाद्र २९ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५