पूर्वाञ्चल खबर
विराटनगर/ नेपाल विजनेश कलेजले हिलेमा २ दिन कार्यशाला गोष्ठीको आयोजना गरेको छ
विराटनगर ११ ,जनपथटोल स्थित लिंकन युनिभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त नेपाल विजनेश कलेजले हिलेमा २ दिने कार्यशाला गोष्ठीको आयोजना गरेको हो ।
एमविए प्रथम र एमविए दोस्रो वर्षमा आध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी सो कार्यशाला गोष्ठीको आयोजना गरिएको कलेजका प्रबन्धक निर्देशक दिपक कोइरालाले जानकारी दिए । कार्यक्रममा ४० जना भन्दा बढी विद्यार्थीहरु सहभागिता रहेको कलेजले जनाएको छ । ्
गोष्ठीको केस स्टडी तथा एपिए सम्बन्धि विद्यार्थीहरुलाई जानकारी गराएको थियो । डा. भेषप्रसाद धमला ,प्रो.हरि पोखरेल तथा बन्दना जैनले केस स्टडी तथा एपिए सम्बन्धि जानकारी गराएका थिए ।
नेपाल विजनेश कलेजले सन २०१४ देखि विविए तथा एमविविए कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरुलाई प्रभावकारी शिक्षा दिने उदेश्यले विगत देखिनै कलेजले यस प्रकारको कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । भविश्यमा पनि अझ बढी यस प्रकारका कार्यक्रम सञ्चालन गर्ने कुरा कलेजका प्रबन्धक निर्देशक कोइरालाले बताए ।