RUMPUM
animated ellipse animated ellipse

घरेलु मदिरा बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ भाद्र २०७६, शनिबार १९:५९
3
Shares
फाइल तस्वीर

विराटनगर / प्रहरीले मोरङको विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरेको छ ।

प्रहरीले बेलबारी र रङगेलीबाट घरेलु मदिरा बरामद गरेको हो । प्रहरीले बेलबारी नगरपालिका ३ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ख ६४४२ नं.को बसलाई ईप्रका बेलबारीबाट खटिएको गस्ति टोलीले चेकचाँच गर्ने क्रममा अन्दाजी २ सय २० लिटर घरेलु मदिरा बरामद गरेको छ ।

प्रहरीले बरामद गरेको मदिरा, र बल चालक जिल्ला मोरङ् उर्लाबारी न.पा ३ का ४० वर्षिय राजेन्द्र धिमालसमेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको छ ।

आजै प्रहरीले रंगेली नगरपालिका १ जमुवाडिपु स्थित दुई वटा मोटरसाईकलमा बिक्री वितरणको लागी रंगेलीतर्फ ल्याउदै अन्दाजी १ सय २० लिटर घरेलु मदिरा ईलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर