पूर्वाञ्चल खबर
काठमाण्डौं / प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि आज स्वेदश फर्केका छन् ।
गत भदौ ५ गते सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न प्रधानमन्त्री ओली त्यस तर्फ गएका थिए ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्यासिंह शाहले आज एक विज्ञप्ती जारी गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेका छन् । डा.शाहले विज्ञप्तीमा जनाए अनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया एनयुएचमा पुरा भएको छ । विज्ञप्तीमा भनिएको छ “अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ ।”