RUMPUM
animated ellipse animated ellipse

आफ्नै शरिरमा आगो लगाई आत्महत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० भाद्र २०७६, शुक्रबार ०८:४८
3
Shares

झापा / झापाको अर्जुनधारा नगरपालिका–६ महानन्द चोकमा रहेको एक फर्निचरमा काम गर्नै भारतिय नागरिकले आफ्नै शरिरमा आगो लगाई आत्महत्या गरेका छन् ।

प्रदिप गिरीको फर्निचरमा काम गर्ने भारतिय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले आफ्नै शरिरमा आगो लगाई आत्महत्या गरेका हुन् । बिहिवार दिउँसो साँढे ४ बजेको फर्निचरमा प्रयोग हुने तारपिनको तेल र स्प्रिट खन्याई उक्त फर्निचरमा रहेको ट्वाईलेटमा पसी ढोका बन्द गरी आफ्नो शरिरमा आगो लगाएको भन्ने खबर प्राप्त भएसंगै तत्काल खटिएको इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले बरमनलाई मृत अवस्थामा फेला पारेको थियो ।

आगो लगाउनु कारण खुल्न नसकेको तथा अन्य थप अनुसन्धान भईरहेको अनारमनीको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर