पूर्वाञ्चल खबर
विराटनगर/ सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेता दस्तावेजसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीले विप्लप सूमहको मोरङ जिल्ला कमिटी सदस्य तथा युवा संघ मोरङका अध्यक्ष मोरङ सुन्दरहरैचा नगरपालिका २ का ३२ वर्षिय विपिन भन्ने रामु मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनलाई सुन्दरहरैचा नपा २ बाट बुधबार साँझ पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउंजुले जानकारी दिए । प्रहरीले उनको घरबाट विप्लव समूह सम्बन्धि विभिन्न दस्तावेजहरू पनि बरामद गरेको छ । पक्राउ परेका मग्रातीलाई प्रहरीले २०७५ फागुन ३० गते दिउँसो साढे २ बजे बेलबारी नगरपालिका १० पूर्व पश्चिम राजमार्गमा प्रेसर कुकर बम राखेको आरोपमा पक्राउ गरेको हो ।
प्रहरीले बम राखेको घटनामा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेको मग्रातीलाई हातहतियार खरखजना अन्तर्गत मुद्दामा मोरङ अदालतमा आज म्यात थप गरि अनुसन्धान गर्दै आएको छ ।