RUMPUM
animated ellipse animated ellipse

अवैध उत्खनन गरिने ट्याक्टरलाई ६० हजार जरिवानामा छोडियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० भाद्र २०७६, मंगलवार १८:२९
3
Shares
विराटनगर/ केशलिया खोला किनारमा अवैध रूपमा माटोको उत्खनन् गरि माटोको तस्करी गरिने ट्याक्टरलाई ६० हजार रुपैयाँ जरिवाना गरि छोडिएको छ ।

जिल्ला समन्वय समिति मोरङले ४ वटा ट्याक्टरलाई १५ हजार रुपैयाँको दरले ६० हजार रुपैयाँ जरिवाना गराएर छोडेको हो ।

मोरङ प्रहरीले आज केशलिया खोलाबाट अवैध रुपमा उत्खनन गरि माटो तस्करी गर्ने क्रममा चार वटा ट्याक्टर खोलाबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रण गर्ने क्रममा एक ट्याक्टर प्रहरीलाई छक्याएर फरार भएको थियो । प्रहरीलाई नियन्त्रणमा लिएको ट्याक्टर आवश्यक कारवाहीको लागि जिसस पठाएको थियो । जिससले ४ वटा ट्याक्टरलाई ६० हजार रुपैयाँ जरिवना गरि छोडिएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।

विराटनगरको कञ्चनबारी चौकदेखि पश्चिमतर्फ विराटनगर–४ इकाराही भएर बग्ने केशलिया खोलामा अवैध उत्खनन् गरिने गिरोहको सक्रिय छन् । उक्त खोला वरीपरि उत्खनन गर्ने गिरोहले सो ठांउँमा सयौं मिटर क्षेत्रफलमा गहिरो खाडल पर्नेगरि उत्खनन गरेर भरौट बेच्दै आएका छन् ।

खोलाबाट झिकेको माटो उनीहरू विराटनगर क्षेत्रको चौक अनुसार फरक– फरक मुल्य लिने गरेको छन् । उनीहरूले केशलिया खोलाबाट झिकिएको माटो विराटनगरको बगरगाछी र कञ्चनबारीसम्म प्रति ट्याक्टर २ हजारदेखि ४ हजार रुपैयाँसम्म विक्री गर्दै आएका थिए ।

उत्खनन गर्ने समुहले केशलिया खोलाको साबिकभन्दा पूर्वतर्फ खोलाको धार मोडेर उत्खनन गर्दै आएका थिए । उत्खनन्का कारण खोला किनारमा गहिरो खाडलहरुको निर्माण भएको छ जुन खोलाको सतह भन्दापनि करिब एक सय फिट गहिरो छ । यसरी अवैध उत्खनन गर्दा बाढीको समयमा सिंगो विराटनगर महानगरपालिका र आसपासका क्षेत्र डुबान हुने गरेको छ ।

गत साउनमा अन्तिम साता आएको बाढीले विराटनगर– ६, १२ र १६ नम्बरको बस्तीमा केशलिया खोला पस्दा सयौं घर डुवनामा परेको थियो । अवैध उत्खनन गर्नेकोे समुह प्रभावशाली रहेको कारण सो बिषयमा बोल्न समेत सर्वसाधारण डराउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर