AArya
RUMPUM
animated ellipse animated ellipse

धरौटी तिरेर छुट्न लागेका विप्लवका ४ नेता पुनः पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ भाद्र २०७६, सोमबार २०:४२
3
Shares
फाइल तस्वीर
विराटनगर / धरौटी तिर्न अस्वीकार गर्दै सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा रहेका विप्लवका ४ जना नेता तथा कार्यकर्तालाई धरौटी तिरेपछि पनि पुनः पक्राउ गरिएको छ ।

गत चैतमा पक्राउ परेका विप्लवका ४ कार्यकर्तालाई जनही ५० हजार धरौटी लिएर तारेखमा छोड्न गत वैशाख १७ गते जिल्ला अदालत सुनसरीले आदेश दिएको थियो । धरौटी तिर्दा पनि पुनः पक्राउ हुने डरले विप्लवका तत्कालिन कोशी व्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर), मोरङ इन्चार्ज कृष्ण श्रेष्ठ (प्रज्वल), कोशी ब्यूरो सदस्य माधव गौतम (आकाश) र रमेश खड्का (सूर्य) क्षेत्रीय कारागारमा थिए ।

आज धरौटी तिरेपछि पनि पुनः पक्राउ गरेर प्रहरीले संखुवासभा लगेको उनीहरुका आफन्तले बताएका छन् । गत चैत १० गते घनश्याम श्रेष्ठ र माधव गौतमलाई प्रहरीले मोरङको कानेपोखरीबाट नियन्त्रणमा लिएको थियो । यस्तै चैत १३ गते मोरङको सुन्दरहरैंचाबाट कृष्ण श्रेष्ठ प्रज्वल र चैत १२ रमेश खड्का पक्राउ परेका थिए ।

धरौटी तिरेपछि थुनामुक्त गरी अदालत उपस्थित गराइएको कारागारको पत्रसँगै उनीहरुलाई संखुवासभा जिल्ला अदालत उपस्थिति गराउन भन्दै लगिएको आफन्तले जानकारी दिएका छन् । यसैबीच आफूहरु भेटघाटका लागि जाँदा कारागार प्रशासनले कडाइ गरेको भन्दै आफन्तले गुनासो गरेका छन् । प्रहरीले प्रतिबन्धीत पार्टीका कार्यकर्तालाई भेट्नका लागि नदिने भन्दै हप्की दप्कीसमेत गरेको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर