पूर्वाञ्चल खबर
प्रा.डा.घनश्याम लालदाशको कार्यकाल भदौ ५ गते सकिएको हुनाले सो पदमा विश्वविद्यालय भित्रकै पूर्णकालिन शिक्षक तथा व्यवस्थापन संकायका डीन प्रा.डा. थपलियालाई प्रधानमन्त्री तथा कुलपति के.पी.शर्मा ओलीले बढीमा तीन महिनाका लागि उपकुलपतिको पदमा नियुक्ति गरेका छन् ।
यसअघि पनि प्रा. शिरीष रिजाल विश्वविद्यालयको पूर्णकालिन शिक्षक बाटै उपकुलपति भएका थिए । प्रा.डा.थपलिया विगत २० वर्ष देखि तत्कालीन व्यवस्थापन क्याम्पस र हाल पुसोम कलेजमा कार्यरत छन् । उनी यस अघि सोही संकायद्वारा सञ्चालित एम.फिल. तथा पिएचडी कार्यक्रमका निर्देशक, क्याम्पस प्रमुख र व्यवस्थापन संकायका डीन थिए । उनले भारतको गुवाहाटी विश्वविद्यालयबाट स्नातकोत्तर र नर्वेको मोल्डे युनिभर्सिटीबाट पिएचडी गरेका छन् भने पाँच वर्ष पहिले पनि डीनको पदमा कार्य सम्पादन गरिसकेका छ्न ।