RUMPUM
animated ellipse animated ellipse

राधाकृष्ण रथयात्रामा ड्रोनबाट महानगरको निगरानी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ भाद्र २०७६, शुक्रबार २०:०४
3
Shares
फाइल तस्वीर
विराटनगर /विराटनगरमा शनिबार साढे तीन बजे ऐतिहासिक राधाकृष्ण रथयात्रा निस्किदैछ । यस पटक निस्किने ५२ औं रथयात्रा हो । विराटनगर – १ राधाकृष्ण मन्दिर परिसरमा विशेष पूजाआजा गरेपछि रथयात्रा निस्किने छ ।

मोरङ प्रहरीले रथयात्रा दिन कुनै पनि अप्रयि घटना हुन नदिन विशेष सुरक्षा योजना अगाडी सारेको छ । मोरङ प्रहरीले ड्रोन क्यामराबाट महानगरपालिको सुरक्षा निगरानी गर्ने भएको छ । हजारौको संख्यामा भक्तजनहरुको रथयात्रामा सहभागि हुने भएकोले सुरक्षालाई विशेष प्राथामिकतामा राखेर प्रहरीले ड्रोनबाट पनि सुरक्षा निगारनी राख्ने भएको हो । यसको लागि प्रहरी प्रधान कार्यालय काठमाण्डौबाट विज्ञटोलीसहित ड्रोन क्यामारा टोली आएको मोरङ प्रहरीका डिएपी घनश्याम श्रेष्ठले बताए ।

आज साँझ विराटनगरस्थित राधाकृष्ण मन्दिर अगाडी ड्रोन क्यामारको पनि सफल परीक्षण गरिएको उनले बताए । ‘ड्रोन क्यामराबाट पूर्व तयारी गरेका छौं,’ उनले भने, ‘सफल परीक्षण पनि भयो ।’ महानगर क्षेत्रमा गरिने ड्रोनको मनिटर जिल्ला प्रहरी कार्यालय मोरङमा हुनेछ । ‘कुनै पनि अप्रिय घटना घटाउने र संकास्पद व्यक्ति देखिए तत्काल प्रहरी परिचालन गरि नियन्त्रणमा लिनेछौ,’ उनले भने । उनका अनुसार रथ विश्राम गरिने प्रत्येक यूनिटमा प्रहरी टोली खडा गरिएको उनले बताए ।

प्रहरीले रथयात्राको दिन सुरक्षाको लागि १७ सय प्रहरी प्रहरी परिचालन गरेको छ । २ सय जना सादा पोशक र १ हजार ५ सय जना यूनिफम लगाएको प्रहरी परिचालन गरिएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर