पूर्वाञ्चल खबर
कृष्ण जन्मअष्टमीको अवसर पारेर आज राधाकृष्ण डे«स प्रतियोगिताको आयोजना गरेको हो ।

कृष्णतर्फको प्रथम हेमन्त राजवंशी, द्धितीय लक्ष्य मण्डल र तृतीय रुपक सिंह भए भने राधातर्फको प्रथम अतिथि कार्की, द्धितीय इशानी सिंह र तृतीय जबनिया कर्ण भए ।
प्रतियोगितामा ६० जनाको सहभागिता रहेको थियो । उनीहरू राधा र कृष्णको भेषमा प्रतियोगितामा भाग लिएका थिए ।
विजेता हुनेहरूलाई आकार्षण ट्रफि तथा प्रमाणपत्र वितरण गरियो । स्कूलले प्रत्येक वर्ष कृष्ण जन्मअष्टिको अवसर पारेर राधाकृष्ण डे«स प्रतियोगिता आयोजना गर्दै आएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताए ।