AArya
RUMPUM
animated ellipse animated ellipse

विकासको गति अव रोकिदैन : मुख्यमंत्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ श्रावण २०७६, बुधबार २०:१८
3
Shares
फाइल तस्वीर
कुमोद अधिकारी
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी जेठ–१५ गतेभित्र चालुु आर्थिक वर्षको प्रदेशमा सञ्चालित सवै योजनाका काम सम्पन्न हुने वताएका छन् ।

भौतिक पूर्वाधार तथा विकास मंत्रालयको समिक्षा गोष्ठीको समापन समारोहलाई आज विराटनगरमा सम्वोधन गर्दै मुख्यमन्त्री राईले चालु आर्थिकवर्षको वजेट कार्यान्वयनमा कुनै पनि वहाना र समस्या देखाउने छुट कसैलाई नभएको वताए । मुख्यमन्त्री राईले विगतमा जे जति भएपनि अव यो वा त्यो वहाना देखाएर वजेट कार्यान्वयन र समयमा आयोजनाको काम सम्पन्नगर्न अलमल गर्ने छुट कसैलाई नभएको वताए ।

मुख्यमन्त्री राईले वजेट कार्यन्वयन र आयोजना निमार्णका काम समयमा सम्पन्न गर्न प्रदेश सरकारले आफनै नयाँ क्यालेन्डर नयाँ कार्य तालिका वनाउने वताए । उनले विगतमा केन्द्रीय ढाचा अनुसार हुने सवै काम परिवर्तन गरेर जनतालाई अनुभुति हुनेगरि विकास निमार्णको कामलाई गति दिने वताए । वजेट कार्यान्वयन गर्न प्रदश सरकारले एक्सन प्लान वनाउने उनको भनाई थियो ।
मुख्यमन्त्री राईले एक नम्वर प्रदेशमा विकासको गती अघि वढि सकेकाले यो अव नरोकिने समेत वताए ।

प्रदेश सरकार गठन भएका पहिलो वर्षमा कामगर्न केहि समस्या भएकाले सरकारले चाहे जस्तो कामगर्न नसकेको स्वीकार्दै भने माग अनुसार वजेट विनियोजित गर्न प्रदेश सरकार तयार रहेकाले कर्मचारीहरुले पनि त्यहि अनुरुप काम गर्नुपर्ने वताए ।

भ्रष्टाचार र अनियमितता कुनैपनि हालतमा मान्य नहुने भन्दै कुनैपनि कर्मचारीले अनियमितता गरेको पाइएमा त्यस्ता कर्मचारी तत्काल कार्वाही गर्ने मुख्यमन्त्री राईले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर