AArya
RUMPUM
animated ellipse animated ellipse

बूढानिलकण्ठ स्कूलमा मौसमहरुको प्रदर्शनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ श्रावण २०७६, आईतवार १७:०५
3
Shares
विराटनगर / विगत ३६ बर्ष देखि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सफलताको ईतिहास रच्न सफल बिराटनगर – २ स्थित बूढानिलकण्ठ अंग्रेजी मा. वि. मा शैक्षिकसत्र २०७६ को पहिलो त्रैमासिक परीक्षाको परीक्षाफल वितरणको अवसर पारेर मौसमहरुको प्रदर्शनीको आयोजना गरेको छ ।

प्रदर्शनीमा कक्षा ४ देखि कक्षा ९ सम्मका स्वत स्फुर्त क्रियासिल विद्यार्थीहरुद्वारा चारवटा मौसमहरुको छुट्टाछुट्टै स्टलहरुमा मौसम विशेष फलफूल, खाद्यसामाग्रीहरु, कपडाहरु, चाढ–पर्व तथा जात्राहरु, विधिन्न मौसमजन्य रोगहरु साथै तिनका रोकथामका उपायहरु जस्ता अनेकौं सामाग्रीहरुको नमुना समेत विद्यालयको प्राङ्गणमा तयार पारिएको स्टलमा सजावटका साथ राखिएको स्कूलले जनाएको छ ।
स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले यस्तो प्रकारको प्रदर्शनीले विद्यार्थीहरुको रचनात्मक क्षमताको विकास गर्नमा सहयोग गर्नुको साथै विद्यार्थीहरुको “गरेर सिक्ने” क्षमताको समेत अभिवृद्धिहुने कुरा जनाउदै उक्त प्रर्दशनीलाई सफल पार्न विषेश भुमिका निर्वाह गर्ने शिक्षकहरु विनोद चौधरी, अमित गिरी, बालकृष्ण भट्टराई लगायत सबै सहयोगी शिक्षक तथा विद्यार्थीहरुलाई धन्यावाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर