पूर्वाञ्चल खबर
भारतको कलकत्तामा प्राध्यापकहरुले विभिन्न कलेज तथा विश्वविद्यालयमा भ्रमण गरी शैक्षिक अवलोकन गरेका हुन् । उनीहरू त्यहाँ स्थित प्राध्यापक तथा विद्यार्थीहरुसंग छलफल गरेका थिए ।
इडनवर्ग इन्टनेशल कलेजले हरेक बर्ष विद्यार्थीहरुलाई भारतको गोवा, मुम्वईलगायत विभिन्न ठाँउमा शैक्षिक भ्रमणमा लाने गरेको छ । यस पटक पनि विद्यार्थीहरुको शैक्षिक भ्रमण सके लगत्तै २३ जनाको शिक्षकहरुको टोलीलाई कलकत्ता भ्रमणमा लगेको हो ।
कलकत्ता स्थित वी.वी.ए., बि.पी.एच. र एम.एड. शैक्षिक कार्यक्रम अध्ययन गराउने शिक्षण संस्थाको अवलोकनमा ती संस्थाले प्रदान गर्ने शिक्षा, शिक्षण विधि र समग्र प्राज्ञिक स्थितीका बारेमा भ्रमणमा प्राध्यापकहरुले चासो राखे ।
विराटनगरमा रहेर गुणस्तरिय शिक्षाका लागि अहोरात्र लागि परिरहेको इडनवर्ग इन्टनेशल कलेजले अझ शसक्त रुपमा विद्यार्थीलाई कसरी व्यवहारिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने सोच विचारका साथ प्राध्यापकहरुको भारत भ्रमण आयोजना गरेको क्याम्पस प्रमुख मेघानन्द झाले बताए । विराटनगरमा नै पहिलो पटक प्राध्यापकलाई मात्र भारत भ्रमणमा इडनवर्ग इन्टनेशल कलेजले लगेको सञ्चालक कैलाश श्रेष्ठले बताए । ‘यस्तो भ्रमणले प्राध्यापकमा शैक्षीक कार्यका लागि मोटिभेसन गर्दछ,’ उनले भने, ‘शक्षण सिकाईका लागि वातावरण समेत बनाउने गरेको छ । ’