पूर्वाञ्चल खबर
मंगलबार रामधुनी १ बस्ने अमितकुमार चौधरीले सञ्चालन गरेको रामधुनी ५ झुम्का स्थित निजकै मोटरसाईकल पाट्र्स दोकानमा धातु हिरा (डाईमण्ड) को खरिद बिक्रीको लागि वार्गेनिङ गरिरहेकाहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय इनरुवाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चौधरीका माईजु नाता पर्ने सरस्वती भन्ने दुःखनीदेवी चौधरीको घरबाट अन्य व्यक्तिहरुलाई समेत प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारत अररिया जिल्ला भंगही बस्ने २७ वर्षीय मोहमद सरबर मिया, विराटनगर ५ बस्ने बर्ष ३० को चन्द्रशेखर शर्मा, सोही स्थानका वर्ष ३३ को सुनिल कार्की, वर्ष ४७ को पवन सोन, वर्ष ४० को शंकर केबट पक्राउ परेका हुन् ।
उनीहरुले उक्त धातु बहुमूल्य दुर्लभ हिरा (डाइमण्ड) हो र यसलाई करोडौं पर्छ भन्दै स्थानीयलाई ठगी गर्ने तयारी गरिरहेको बेला पक्राउ गरिएको हो । उनीहरुको साथबाट रातो बुट्टा भएको थैलीभित्र सेतो रंगको प्लाष्टिकको जस्तो देखिने बट्टामा राखेको सिसाको जस्तो देखिने लकेट र लकेटभित्र गोल्डेन रङको प्रिज्म आकारको बस्तु तरल पदार्थमा राखिएको भेटिएको छ ।
त्यसमा पियुर डायमण्ड लेखिएको छ । १० एक्स लेखिएको सिलभर रङको धातुको आइलेन्स एक थान, गहना परीक्षणको लागि प्रयोग गरिने सेण्ड पत्थर १ थानसमेत प्रहरीले बरामद गरेको छ । उक्त डामण्ड १६ करोड पर्ने बताइएको छ ।
दुःखनीदेवी चौधरीको घरबाट धातुको लकेटको सिसाभित्र रहेको हिरा जस्तो देखिने बस्तुसमेत बरामद गरिएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयँलले जानकारी दिए । पक्राउ परेका ६ जनलाई जिल्ला अदालत सुनसरीबाट ४ दिनको म्याद थप गरि अनुसन्धान थालिएको छ ।