RUMPUM
animated ellipse animated ellipse

न्यूरोको मदर एण्ड चाइल्डमा रक्तदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ श्रावण २०७६, बुधबार १६:५५
3
Shares
विराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटिको विस्तारित शाखा तुलषा मदर एण्ड चाइल्ड हस्पिटल र रोटरी क्लब अफ विराटनगर मिड टाउनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मदर एण्ड चाइल्ड शाखाको प्राङगणमा आयोजित रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको रोटरी क्लब अफ विराटनगर मिड टाउनका अध्यक्ष गंगा यादवले बताए ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा तुलषा हस्पिटलमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक तथा अन्य कर्मचारीहरु, रोटरी क्लव अफ विराटनगर डाउन टाउनका पदाधिकारीहरुले रक्तदान गरेका थिए ।

हस्पिटलका संस्थापक एवम् वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले हस्पिटलको सामाजिक उत्तरदायित्व विषयमा जानकारी गराउँदै कार्यक्रमको औपचारीक सुभारम्भ गरे । त्यस संगै न्यूरो हस्पिटलका मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोकाले रक्तदान गरि उद्घाटन गरे ।

हस्पिटलका वरिष्ठ प्याथोलोजिस्ट डा. सागरराज पाण्डेले रक्तदानबारे प्रकाश पारे । यता न्यूरो हस्पिटलका अपरेसनल डाइरेक्टर राजेश भटट्राईले आगामी दिनमा समेत न्यूरो हस्पिटल र बिभिन्न क्लब संगको सहकार्यमा विभिन्न स्वास्थ्य शिविरहरु तथा रक्तदान कार्यक्रमहरु गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर