पूर्वाञ्चल खबर
विराटनगर/ विराटनगरका निजी उच्च माविको नतिजा उत्कृष्ट ल्याएको दाबी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को सार्वजनिक गरेको परीक्षाको नतिजा अनुसार विराटनगर उच्च माविहरूले उत्कृष्ट आएको दाबी गरेका हुन् ।
विराटनगरस्थित अरनीको उच्च माविबाट ५ सय ५० जनाले दिएको विज्ञान संकायको परीक्षामा २१ जनाले ए प्लस, २ सय ७५ जनाले ए ल्याएर उत्तिर्ण भएको उच्च माविका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । यस्तै शिक्षादीप उच्च माविबाट शिवम गुप्ताले उत्कृष्ट नतिजा ल्याएको प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए । विज्ञान संकायमा गुप्ताले ३ दशमलव ८५ जिपिए ल्याएर छन् । विज्ञान र व्यवस्थापन संकाय गरि ८ सय ५० जना विद्यार्थीले दिएको परीक्षामा १८ जनाले ए प्लस, २ सय ६० जनाले बी प्लस ल्याए उत्तिर्ण भएको खडकाले बताए । व्यवस्थापन संकायबाट सुमिन पूर्वेले ३.७६ जिपीए ल्याए छन् । गत वर्षको भन्दा यस वर्ष उत्कृष्ट नतिजा आएको उनले बताए ।
यस्तै व्यवस्थापन संकाय मात्र पठाइन हुने विराटनगरका मेरिल्याण्ड उच्च माविका तीन जना विद्यार्थीले प्रदेश १ मै सर्वोउत्कृष्ट नतिजा ल्याएको दाबी गरेको छ । रस्मी अटल, निशा पोखरेल र राहुल कोठारीले समान ३.८४ जीपए ल्याएर १ नम्बर प्रदेश भरीमा उत्कृष्ट नतिजा ल्याएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । उनका अनुसार ७ सय १५ जनाले विद्यार्थीले दिएको परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको जानकारी दिए । यस्तै कान्तिपुर उच्च माविबाट विज्ञान र व्यवस्थापन गरि ६ सय ९३ जनाले दिएको परीक्षामा १५ जनाले ए प्लस, ५० जनाले ए र २ सय ५५ जनाले बी प्लस ल्याएर उत्तिर्ण भएको प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।
विराटनगरस्थित ग्रिनल्याण्ड उच्च माविबाट तीन जनाले उत्कृष्ट नतिजा ल्याएका छन् । सचिन गौतम, रीता निरौला र अस्मिता बास्तोलाले समान ३.७८ जीपए ल्याएको कलेज प्रिन्सिपल दिपक पोखरेलले जानकारी दिए । उनका अनुसार ४ सय ३६ जना विद्यार्थीले दिएको परीक्षामा १९ जनाले ए प्लस, १ सय ७१ जनाले ए र १ सय ४७ जनाले बी प्लस ल्याए उत्तिर्ण भएको बताए ।
एभरेष्ट उच्च माविबाट पनि विज्ञान र व्यवस्थापन गरि १ सय ६१ जनाले दिएको परीक्षामा शतप्रतिशत उत्तिर्ण भएको एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए ।
त्यसैगरी भानु प्लस टु कलेजले ९३.२७ प्रतिशत रिजल्ट उर्तीण भएको जनाएको छ । कलेजमा साईन्स र मेनेजमेन्ट पढ्ने ३ सय २६ जनाले परीक्षा दिएको कलेजका को अर्डिनेटर आरसी कोईरालाले जानकारी दिए ।
त्यस्तै सेन्टजोसेफ कलेजले शत प्रतिशत विद्यार्थीहरु पास भएको दावी गरेको छ । होटल मेनेजमेन्ट र साईन्स गरी जम्मा १ सय ३० जनाले परीक्षा दिएको कलेजका निर्देशक रोहितजंग थपलियाले जानकारी दिए ।
कोवास कलेजबाट पनि विज्ञान र व्यवस्थापन गरि ४ सय ३८ जनाले दिएको परीक्षामा २५ जना ए प्लससहित शतप्रतिशत उत्तिर्ण भएको प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले जानकारी दिए ।
विराटनगरस्थित लर्डबुद्ध उच्चमाविहरूको पनि उत्कृष्ट नतिजा ल्याएको बताइएको छ ।