CLASSICTECH NET

प्रदेश १ मा करिव ७२ प्रतिशत धान रोपाई सम्पन्न

खबर पूर्वाञ्चल, १४ श्रावण २०७६, मंगलवार १६:५३

विराटनगर / प्रदेश नं १ को धान लगाउने खेतीयोग्य जमीनमा अहिलेसम्ममा ७१ दशमलव ७८ प्रतिशत धानरोपाई सम्पन्न भएको छ ।

साउन १२ गतेसम्मा करिव ७२ प्रतिशत रोपाइ भएको हो । प्रदेश १ मा २०७५ साउन १३ गतेसम्ममा ८२ दशमतलव ८९ प्रतिशत रोपाई सम्पन्न भएको प्रदेश १ भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए ।

प्रदेशको १४ जिल्ला मध्ये उच्च पहाडी तीन जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्वुमा ७७ दशमलव १३ प्रतिशत ,मध्ये पहाडी आठ जिल्लाहरु ईलाम,पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ र उदयपुरमा ६५ दशमलव ३८ प्रतिशत रोपाई सम्पन्न भएको छ ।

यसैगरी तराईका तीन जिल्लाहरु मोरङ, झापा र सुनसरीमा ७३ दशमलव ७८ प्रतिशत भएको प्रवक्ता उप्रेतीले बताए । प्रदेशको उच्च हिमाली जिल्ला ताप्लेजुङमा धान लगाउने क्षेत्रफल ८ हजार ७३७ हेक्टरमध्ये ६ हजार ९८९ हेक्टर अर्थात ८० प्रतिशत ,संखुवासभा जिल्लामा १३ हजार ८५१ मध्ये १० हजार ३८८ अर्थात ७५ प्रतिशत, सोलुखम्ुख्वु जिल्लाको १ हजार ५२५ मध्ये १ हजार २२० अर्थात ८० प्रशिशत जग्गामा धान खेती लगाइएको छ ।

यस्तै उच्च पहाडी जिल्लाहरु पाँचथरमा रहेको धान लगाउने क्षेत्रफल ९ हजार २०३ मध्ये ७ हजार ०८६ अर्थात ७७ प्रतिशत, ईलाममा १४ हजार ८१५ मध्ये ८ हजार ५९२ अर्थात ५८ प्रतिशत,भोजपुर १८ हजार ०९२ मध्ये १२ हजार ६६४ अर्थात ७० प्रतिशत, तेह्रथुम १० हजार १७५ मध्ये ६ हजार ६१३ अर्थात ६५ प्रतिशत,धनकुटा ७ हजार ९५० मध्ये ३ हजार ५७७ अर्थात ४५ प्रतिशत, उदयपुर १३ हजार ३८० मध्ये ९ हजार ३६६ अर्थात ७० प्रतिशत,ओखलढुंगा ४ हजार ४०३ मध्ये २ हजार ६४१ अर्थात ६० प्रतिशत, र खोटाङ १२ हजार ८९८ मध्ये ८ हजार ०९९ हेक्टर जग्गामा अर्थात ६५ दशमलव ३८ प्रतिशत रोपाई सम्पन्न भएको छ।

यसैगरी तराईका तीन जिल्ला झापामा रहेको ८७ हजार ५०० मध्ये ६५ हजार ६२५ अर्थात ७५ प्रतिशत, मोरङमा रहेको ८३ हजार ३०० मध्ये ६२ हजार ४७५ अर्थात ७५ प्रतिशत र सुनसरी जिल्लामा रहेको ५५ हजार मध्ये ३८ हजार ५०० हेक्टर जग्गा अर्थात ७० प्रतिशतमा रोपाई सम्पन्न भएको छ ।
धान रोपाईका लागि समयमै बर्षा नभएकोले केही ढिला भएको हो । उदयपुर र ओखलढुंगा क्षेत्रमा कम रोपाई हुनुमा समयमै बर्षा नुहुनु र वाँझो खेती हुनु प्रमुख कारण रहेको मन्त्रालयले जनाएका उच्च पहाडी तीन जिल्लामा साउनको तेश्रो हप्तासम्म रोपाइ हुने छ भने पहाडी जिल्लामा साउनको अन्तिमसम्ममा रोपाई सकिने प्रवक्ता उप्रेलीले वताए ।
तराईका तीन जिल्लामा भदौको पहिलो हप्तासम्मा रोपाई सकिने छ । यस क्षेत्रका कृषकले साउन अन्तिमसम्म रोपाई गर्ने हुनाले आगामी दिनमा धान रोपाई प्रशित वृद्धि हुने मन्त्रालयले जनाएको छ ।

आकाशेपानी, वोरिङ र नहरको सिंचाईवाट यस क्षेत्रमा कृषकहरुले धानखेती लगाउने गर्दछन् । कतिपय पहाडी जिल्लाका सेवा कार्यालय स्थापना नभएको, कर्मचारी दरवन्दी अनुसार नभएको र स्थानीय निकायसंगको समवन्यको अभावमा सही तथ्याङ आउन केही समय लागेको मन्त्रालयले जनाएको छ ।
यूवाहरुको वैदेशिक रोजगारतर्फ आकर्षित हुनु, आधुनिक प्रविधिको प्रयोग नहुनु, धानखेती गर्ने किसानको आकर्षण अन्य नगदेवालीतर्फ हुनुले समयमै रोपाई हुन नसक्नु हो ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५