पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर जुनियर जेसिजले आज प्रस्ताव लेखन तालिम दिएको छ ।
नेतृत्व तथा व्यक्तित्व विकासका लागि जुनियर जेसिजका सुपरिवेक्षक सदस्यहरुलाई तालिम दिईएको अध्यक्ष दीपा ओडारीले जानकारी दिइन् ।
कार्यक्रममा पूर्व अध्यक्ष उज्जवल खरेल, रमित श्रेष्ठलगायतले बोलेका थिए । प्रस्ताव लेखन तालिममा ४० जनाको सहभागिता रहेको तालिम प्रशिक्षक अंकित थापाले जानकारी दिए । तालिमको सहजीकरण टंक सुवेदीले गरे ।