CLASSICTECH NET

पोखरीया डोजोलाई कोईरालाको सहयोग

खबर पूर्वाञ्चल, ११ श्रावण २०७६, शनिबार १०:३६

विराटनगर / मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश १ का सचिवालय सदस्य तथा खेल प्रमुख रोहित कोईरालाले पोखरीया डोजोका खेलाडीलाई पोशाक सहयोग गरेका छन् ।

आज पोखरीया मा.वि. विराटनगरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी यूवासंघ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेतले कराँते गि,टि सर्ट, ग्लोबलगायतका पोशाक वितरण गरे ।

पोशाक बितरण कार्यक्रममा बस्नेतले संसारलाई जित्ने माध्यम खेलकुद रहेको भन्दै खेलले ब्यक्तिलाई मात्र नभै समाज र राष्ट्रलाई स्वस्थ्य राख्न भुमिका निर्वाह गर्ने बताए । यद्यपि नेपालमा खेल क्षेत्रमा अपेक्षाकृत बजेट आउन नसक्दा समस्या भइरहेको बताए । अहिले शिरदेखि तिरसम्म खेललाई बुझेकाहरूको नेतृत्व स्थापित हुदैछ,उनले भने ुअब खेलकुदको अपेक्षाकृत बिकास हुन्छ ।ु पोखरीया डोजोले निरन्तर खेलाडी उत्पादन गरेर राष्ट्रकालागी योगदान गरिरहेको उनले बताए ।

कार्यक्रममा रोहित कोईरालाले पोखरीया डोजोले कराँतेमा विराटनगर र प्रदेशको मान राख्न महत्वपूर्ण भुमिका खेल्दै आएको चर्चा गरे । नेपाल र भारतका विभिन्न प्रतियोगितामा भाग लिएर यो डोजोका खेलाडिले पदक जित्दा प्रदेश १ का सवै खेलप्रेमी हर्षिद हुने गरेको बताए ।

लामो समय खेल क्षेत्रमा रुचि राख्दै आएका कोईरालाले सानो भएपनी खेलाडीलाई सहयोग गर्ने अवशर दिएकोमा धन्यवाद दिए । उनले भने म हरेक खेलाडिसँग साथमा साथ मिलाएर हिड्न चाहन्छु ।

पोखरीया डोजोका संस्थापक तथा प्रमुख प्रशिक्षक विनोद राउतले खेलाडिहरूले पाएको सफलताको चर्चा गर्दै यस्ता सहयोगले खेलाडीहरूको मनोबल उच्च हुने बताए । खेल क्षेत्रको बिकासका लागि सवै क्षेत्रको सहयोग आवश्यक रहेको भन्दै उनले खेलाडिले सकेसम्म राष्ट्रका लागि र नसक्दा स्वास्थ्यका लागि पनि निरन्तर अभ्यास गर्न सुझाव दिए ।

कार्यक्रमा करिव १५ हजार मुल्य बराबरको पोशाक र पोखरीया डोजोका २०७५ का उत्कृष्ट खेलाडी सुवास चौधरीलाई नगद ३ हजार १ सय पुरस्कार प्रदान गरियो ।

२०५२ मा स्थापना भएको पोखरीया डोजोले निरन्तर खेलाडी उत्पादन गर्दै आएको छ भने यँहाका खेलाडीले नेपाल र भारतका विभिन्न प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै प्रशस्त मेडल जितेका छन ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५