पूर्वाञ्चल खबर
विराटनगर / आईसीसी ग्लोबल टी–२० विश्वकप क्रिकेटको एसिया फाइनलमा कुवेतले नेपाललाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।
सिंगापुरको इन्डीएन एसोसीएसन मैदानमा टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन बनाएपछि नेपालले १ सय ४२ रनको लक्ष्य पाएको हो ।कुवेतकालागि मोहमद काशिफले ३६ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ४९ रनमा नट आउट रहे भने अदनान इद्रेसले २५, मोहम्मद असलमले २३ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान ३–३ विकेट, करन केसीले २ विकेट र अविनाश बोहराले १ लिए ।