RUMPUM
animated ellipse animated ellipse

वाढीले वगाएर वेपत्ता भएका सोमा सोरेनको परिवारलाई कटहरी गापाले दियो राहत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ श्रावण २०७६, बिहीबार १८:२२
3
Shares

विराटनगर / मोरङको लोहन्द्रा खोलाको वाढीले वगाएर वेपत्ता वनाएका सोमा सोरेनको परिवारलाई आज कटहरी गाउँपालिकाले राहत स्वरुप ५१ हजार रुपैया प्रदान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले सोरेनकी श्रीमती डिल्लि सोरेनलाई रकम हस्तान्तर गरे । अध्यक्ष कामतले कटहरी गाउँपालिका–४ स्थित सोरेनको घरमा पुगेर रकम प्रदान गरेका हुन् । सो वडाका वडा अध्यक्ष मन्टु शेखले मृतकका परिवारलाई आफनो एक महिनाको तलव तथा पाँचहजार नगद दिने घोषणा गरे । उनले मृतक परिवारलाई तत्काल पाँच हजार रुपैया प्रदान गरे । केहि भएपनि राहत पुगोस भनेर रकम सहयोग गरेको उनले वताए । लोहन्द्रा खोलाको वाढिले असार–२८ गते सोमा सोरेन वगाएर वेपत्ता वनाएको थियो । सोरेन अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर