पूर्वाञ्चल खबर
विराटनगर/ टी–२० विश्वकप क्रिकेटको एसिया फाइनलमा मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।
वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएपछि नेपालले ८४ रनको लक्ष्य पाएको हो ।मलेसियाकालागि सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि सोमपाल कामीले ३ विकेट ,बसन्त रेग्मीले २ विकेट तथा सन्दीप लामिछाने र करन केसीले १–१ विकेट लिए ।
वर्षाले प्रभावित बनेको खेल ९ ओभरमा झारिएको हो । चोटका कारण मलेसियाविरुद्ध नेपाली टिमका कप्तान पारस खड्का टिममा छैनन् । मंगलबार कतारविरुद्वको खेलमा उनी चोटिल बनेका थिए ।े