RUMPUM
animated ellipse animated ellipse

पाटीको छतले किचेर २ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ श्रावण २०७६, सोमबार १७:१६
3
Shares

पाँचथर / पाँचथरको हिलिहाङ गाउँपालिका ७ को टारीमा रहेको यलम्बर पार्क भित्र निर्माणाधीन अवस्थामा रहेको पाटीको छत खस्दा २ जनाको मृत्यु भएको छ ।

आज अगाढी निर्माण गरीएको छत ढलाईको सेटिङ खोल्ने क्रममा छत ढलेर किच्दा स्थानीय ५० बर्षीय जगतबहादुर राई र ५१ बर्षीय रुद्र राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको पाँचथरले प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर