CLASSICTECH NET

दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको निधन

खबर पूर्वाञ्चल, ४ श्रावण २०७६, शनिबार १७:१६

विराटनगर / भारतको राजधानी दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको निधन भएको छ ।

८१ वर्षीया पूर्व मुख्यमन्त्री दीक्षितको दिल्लीको एस्काँट अस्पतालमा आज दिउँसो भारतीय समय ३ बजेर ५५ मिनेटमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् । दिक्षितको जन्म सन ज्ञ९३८ मार्च ३१ तारीखमा पंजावको कपूरथलामा भएको थियो ।

उनी कांग्रेसको तर्फबाट १५ वर्ष दिल्लीकी मुख्यमन्त्री रहेकी थिइन् । उनी केन्द्रीय मन्त्री समेत बनेकी थिइन् । दीक्षित कांग्रेसका पुराना नेता उमाशंकर दीक्षितकी बुहारी थिइन् । उनका एक छोरा र एक छोरी छन् । दीक्षित सन १९९८ देखि २०१३ सम्म लगातार दिल्लीको मुख्य मन्त्री भएका थिइन् ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५