पूर्वाञ्चल खबर
विराटनगर . विराटनगरमा १० मा रहेको अर्किड कलेजले । नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी तथा स्वागत गरेको छ ।
कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, व्यवस्थापन तथा होटेल मेनेजमेन्ट संकायको १२ औं ब्याचमा भर्ना भएका ६ सय ८० विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । विज्ञान संकायमा २ सय ६०, व्यवस्थापन संकायमा ३ सय ८० र होटेल मेजमेन्टमा ४० जना विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ ।
कलेज व्यवस्थान समितीको अध्यक्ष अमित ढकालकोे सभापतित्वमा भएको कार्यक्रमका प्रमुख हिसान मोरङका पूर्व अध्यक्ष बलराम पन्त, कलेजका प्रिन्सिपल दिपेश बास्तोला,स्कूलका प्रिन्सिपल सिएम श्रेष्ठ, कलेजका निर्देशक डा.राजन दत्त, सञ्चालक डा. सुजितकुमार साह र दपर्ण नेशनल स्कूलका प्रिन्सिपल गोपाल गेललाललगायतले बोलेका थिए ।

कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले नव आगन्तुक विद्यार्थीहरुलाई नृत्य तथा गित गाएर स्वागतसमेत गरेका थिए । सोही अवसरमा विराटनगरका लोगप्रिय हास्य कलाकार पारस थापाले विभिन्न नेतादेखि अभिनेतासम्मको क्यारीकेचरले कार्यक्रमलाई थप आकर्षक गराएका थिए भने कलेजका पूर्व विद्यार्थी सौरभ फुयलले गित गाएर कार्यक्रमको रौनक बढाएका थिए ।