CLASSICTECH NET

पाकिस्तानमा पूर्वराष्ट्रपति र दुई पूर्वप्रधानमन्त्री एकसाथ जेलमा

खबर पूर्वाञ्चल, ३ श्रावण २०७६, शुक्रबार १७:२७

इस्लामाबाद / पाकिस्तानमा बिहीबार पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासी गिरफ्तार भएपछि एउटा अनौठो कीर्तिमान ९रेकर्ड० कायम भएको छ । देशकै इतिहासमा यस्तो पहिलो पटक भएको कि दुई जना पूर्वप्रधानमन्त्री र एक पूर्व राष्ट्रपतिलाई जेलमा कैद गरिएको छ ।

उर्दू अखबार ‘जंग’ का अनुसार पाकिस्तानको इतिहासमा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुले चुनौतीको सामना गर्नु परिरहेको छ । पहिले प्रधानमन्त्री लियाकत अली खानको हत्या गरिएको थियो भने जुल्फिकार अली भुट्टोलाई फाँसीमा झुण्ड्याइएको थियो । त्यस्तै बेनजीर भुट्टोको गोली हानी हत्या गरिएको थियो । तर, पाकिस्तानको इतिहासमा पहिलो पटक एकै समयमा एउटै सरकारका एक पूर्वराष्ट्रपति र दुई पूर्वप्रधानमन्त्रीलाई गिरफ्तार गरेर जोलमा राखिएको छ । तीनै जनामाथि सरकारले भ्रष्टाचारको आरोप लगाएको छ ।

अन्य दुई जना पूर्वप्रधानमन्त्री यूसुफ रजा गिलानी र राजा परवेज अशरफ पनि अदालत धाइरहेका छन् । उनीहरु पेशीमाथिको सुनुवाईका लागि अदालतमा हाजिर हुँदै आएका छन् ।

भ्रष्टाचारको आरोपमा पूर्वप्रधानमन्त्री नवाज शरीफ गत एक वर्षदेखि अल अजीजिया सम्पत्ति मामिलामा जेलमा छन् । पूर्वराष्ट्रपति आसिफ अली जरदारी गएको एक महिनादेखि धनशोधन मामिलामा जेलमा छन् । उस्तै राष्ट्रिय जवाबदेही ब्यूरोले एलएनजी ठेक्का मामिलामा पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासीलाई जेलमा हालेको छ । नवभारत टाइम्स

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५