RUMPUM
animated ellipse animated ellipse

महिलाविरूद्ध हुने सबै प्रकारको भेदभाव अन्त्य हुनुपर्नेमा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ असार २०७६, आईतवार २०:०७
3
Shares

विराटनगर / महिलाविरूद्ध हुने सबै प्रकारको भेदभाव अन्त्य हुनुपर्ने एक कार्यक्रममा सहभागिहरूले जोड दिएका छन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ(निफ) ले विराटनगरमा आज आयोजना गरेको सम्वाद कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा महिलाविरू हुने सबै प्रकारको भेदभाव उन्मूलन सम्बन्धी महासन्धि (सिड) लाई सरकारले अनुमोदन गरिसक्दा पनि महिलामाथि विभेद हुने गरेको उनीहरूले बताए । सम्वाद कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निफको कार्यकारणी निर्देशक कमला थापा मागरले महासन्धिमै महिलामाथि हुने सबै प्रकारको विवेद अन्त्य गरिने भनिएपछि हालसम्म कार्यन्वयनमा नआएको बताइन् । ‘अहिले पनि लिङगका आधारमा गरिने विभेद कायम रहेको छ,’ उनले भनिन्, ‘हाम्रो सामाजमा अहिले पनि महिला र पुरूषलाई समान रूपमा हेरिने गरेको छैन ।’ महिला माथि हुने हुने विभेदको अन्त्य हुनुपर्ने उनले जोड दिइन् ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ(निफ) को तराइ उपाध्यक्ष लखि गनगाइले नेपालल सरकारले महिलालाई विरुद्ध हुने भेदभाव उन्मुलन सम्बन्धी महासन्धि २०४८ सालमा अनुमोदन गरेको भएपनि कार्यन्वयनमा नआएको बताइन् । कानुनमा पनि महिलामाथि हुने विभेद गरिन नपाइन उल्लेख भएपनि व्यवहारमा कार्यन्वयनमा नआएको उनले बताइन् । कार्यक्रममा कार्यक्रम प्रदेश संयोजक टिका सुब्बा, निफको केन्द्रीय सचिब महिन्दा धिमाललगायले बोलेकी थिइन् ।

प्रदेशस्तरी सम्बाद कार्यक्रममा प्रदेश १ को पाँच जिल्लाबाट करिब ६० जना विभिन्न जायित संघसंस्थामा आवद्ध रहेका अगुवाहरूको उपस्थीति रहेको कार्यक्रम सहसंयोजक सनम राजवंशीले जानकारी दिइन् । उक्त कार्यक्रमको उद्घाटन १ नम्बर प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ्गले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर