AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा बाढीका कारण ४ सय ७० परिवारबाट १ हजार ९ सय ५० जना विस्थापित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ असार २०७६, शुक्रबार २०:२७
3
Shares

विराटनगर / तीन दिनदेखि भइरहेको अविरल वर्षापछि आएको बाढीका कारण मोरङमा ४ सय ७० परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङका विभिन्न स्थानमा रहेका खोलाहरुमा आएको बाढीका कारण ४ सय ७० परिवारका १ हजार ९ सय ५० जना विस्थापित भएका छन् । विस्थापित हुने अधिकांश खोला किनारमा बसोबार गर्ने सुकुम्बासी घर परिवार रहेका छन् । विस्थापित परिवारलाई स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय मोरङको सहयोगमा सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

केसीका अनुसार बाढीका कारण सबैभन्दा बढी विराटनगर महानगरपालिका वडा नम्बर १, ८, ६ र १६ प्रभावित बनेको छ । साथै जहदा गाउँपालिका ८, कटहरी गाउँपालिका ४ र धनपालथान गाउँपालिकाको ४ र ५ नम्बर वडाका घर डुवानमा परेका छन् । विस्थापितलाई रेडक्रसको सहयोगमा १ सय बढी त्रिपाल वितरण गरिएको उनले जानकारी दिए । प्रशासन कार्यालयले उद्धार, खोज तथा विपद्मा परेकालाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको पनि जनाएको छ । स्थानीय त्रसित घरभित्र पानी पसेपछि स्थानीय त्रसित बनेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर– ८ मा ५० परिवार विस्थापित भएका छन् । त्यस्तै विराटनगर ७ मा १३ परिवार विस्थापित भएका छन् । विराटनगर १ को विजयपुर सुकुम्बासी बस्तीमा २५ घर,हनुमान मन्दिर छेउ सुकुम्बासी बस्तीका २० परिवार र जिल्ला प्रहरी कार्यालय पछाडी रहेको बस्तीका २० परिवार विस्थापित भएका छन् ।

त्यस्तै विराटनगर– २ को मुसहर बस्तीका २० परिवार, विराटनगर ४ को बरौलीका ७ परिवार, विराटनगर १५ का पारिजात र सुमहर टोलका ५० परिवार, विराटनगर ७ हरियाली टोलका ५० परिवार बाढीका कारण विस्थापित भएका छन् । विराटनगर–१२ धुधुवा, बखरी र ऋसिदेव बस्तीका ३५ परिवार, विराटनगर १९ का २० परिवार बिस्थापित भएका छन् । त्यस्तै कटहरी ४ नया“ बजार सुकुम्बासी बस्तीका १ सय २५ परिवार बाढीका कारण विस्थापित भएका छन् ।

सिंघिया खोलाको बाध फुटेर बस्तीमा पस्दा जहदा गाउँपालिका १ धुनिटोलका ४० परिवार बिस्थापित भएका छन् । डंग्राह खदम खोला बस्तीमा पस्दा बुढीगंगा ७ मा १६ परिवार बिस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विस्थापित भएकाहरु विद्यालय, आफन्त तथा सुरक्षित स्थानमा त्रिपाल टागेर बसेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली–कानेपोखरी सडक खण्डको कानेपोखरी २ को गेउरिया खोलामा हिजोदेखि बेपत्ता भएका एक व्यक्ति अझै फेला पर्न सकेको छैन । अन्दाजी २५–३० वर्षका यूवा खोला तर्ने क्रममा खोलाले मोटरसाइकलसहित बगाएको थियो । उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । यस्तै उर्लाबारीमा घाँसको भारीसहित खोलाले बगाएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ ।
सचेत रहन आग्रह प्रमुख जिल्ला अधिकारी केसीले मोरङका बक्राहा, लोहन्द्रा, सिंघीया र केसलीया खोलामा पानीको बहाब बढेकाले सम्पूर्ण सुरक्षा निकाय र जनप्रतिनिधिलाई सचेत रहन निर्देशन गरिएको जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समिति मोरङले १७ वटै स्थानीय तहलाई सचेत गराएको उनले बताए। हरेक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन भएको र सबैले विपद् व्यवस्थापन कोष खडा गरेर तत्काल राहात र क्षतिपूर्तीको प्रवन्ध गर्नसक्ने अवस्था सृजना गरेका छन्। सबैसँग सरदर करोडको हाराहारीमा विपद् व्यवस्थापन कोष रहेको प्रजिअ केसीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर