CLASSICTECH NET

सप्तकोशीमा खतराको बत्ती,३२ ढोका खोलिए

खबर पूर्वाञ्चल, २७ असार २०७६, शुक्रबार ०८:३४

सुनसरी / सुनसरीको सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । विगत ४ दिनदेखि परेको अविरल वर्षाले नदीमा पानीको बहाव बढ्दै गएको हो ।

पूर्वी पहाडी भेगमा लगातार पानी पर्दा कोशीको बहावमा उतार चढाव आउने गर्छ । शुक्रबार विहानको पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव १ लाख ६९ हजार क्युसेक प्रतिसेकेण्ड पुगेको छ । पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ३२ वटा ढोका खोलिएको छ भने खतराको संकेत स्वरुप रातो बत्ति समेत बालिएको छ ।

नदीको जलस्तर बढ्दा कोशी ब्यारेजमा भन्दा सम्भावित जोखिम भने आसपासका क्षेत्रमा पर्ने गर्दछ । चतरामा रहेको बाढी मापन केन्द्रमा पानीको तह उच्च विन्दुमा पुगे त्यसको प्रभाव आसपासका स्परहरुमा देखापर्ने सम्भावना रहन्छ ।

२०६५ भदौ २ गते मानवीय क्षति हुने गरी सप्तकोशी नदीमा आएको पानीको बहाव १ लाख ६० हजार क्युसेक भन्दा माथिनै रहेको थियो । त्यसैले पनि अहिले नदी आसपास वस्तीका नागरिकहरु त्रसित रहेका छन् ।

अघिल्लो वर्ष वर्षायामको मध्यतिर कोशी नदीमा पानीको बहाव पौने ४ लाख क्युसेक प्रतिसेकेण्ड पुगेको थियो । वर्षाका कारण सुनसरीका खोला तथा नालाहरुमा पानी बढेपनि कहिँकतै डुबानको अवस्था भने नरहेको सुनसरी प्रहरीले जनाएको छ । पानीको उचित निकासको अभाव र बन्दै गरेका सडकलगायतका संरचनाका कारण धेरैजसो स्थानमा पानी जम्न पुगेको छ । खाल्टा खुल्टीमा जमेको पानी र सडक बाटोको जिर्ण र हिलाम्य अवस्थाका कारण आवतजावतमा समस्या देखा परेको छ ।

सप्तकोशी नदीमा बनेको कोशी ब्यारेजले ७ लाख क्युसेकसम्म पानी थेग्छ भनिन्छ । तर पहाडबाट बगाएर ल्याएको बालुवा कोशी ब्यारेजको उत्तरतर्फ थुप्रिँदै गर्दा कोशी ब्यारेजमा थोरै पानीको बहावले पनि ओभरफ्लोका साथै बाँध भत्काएर बाढी ल्याउन सक्ने अवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५