RUMPUM
animated ellipse animated ellipse

हङकङलाई पराजित गर्दै नेपाल यू–१९ एसिया कपमा छनौट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ असार २०७६, मंगलवार १३:०२
3
Shares

विराटनगर / एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जित्दै नेपालले एसिसी यू–१९ एसिया कपमा छनौट भएको छ ।

आज मलेसियाको किनरारा ओभलमा भएको फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल एसिसी यू–१९ एसिया कपमा छनौट भएको हो । एसिसी यू–१९ एसिया कप क्रिकेट आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने छ । जस्मा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएई सहभागि हुने छन् ।

हङकङले दिएको ९६ रनको समान्य लक्ष्य नेपालले १६ दशमल १ बलमा ४ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि पवन सर्राफले ६ बलमा ३९ रन बनाउँदा रित गौतमले १३ रन जोडे । त्यस्तै खड्गबहादुर बोहराले कप्तान रोहितकुमार पौडेलले १२ रन बनाए । हङकङका रौनक कपुरले २ विकेट लिँदा मोहम्मद हसन खान र मोहम्मद हसन १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ बलमा सवै विकेट गुमाएर ९५ रन बनाएको थियो । हङकङका लागि अदित गोरावाराले सबैभन्दा बढी २४ रन बटुल्दा कुल्हान मार्क काल्लुले १९ रन र रौनक कपुर १२ रन बनाउँदा अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न नपाई आउट भए । हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपाली यूवा लेगस्पिनर सागर ढकालले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए । उनले १० ओभरमा ५ मेडन राख्दै १८ रन दिए । त्यसैगरि
कमलसिंह ऐरीले ३ विकेट , कुशल मल्ल र तिलकराज भण्डारीले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर