पूर्वाञ्चल खबर
विराटनगर / मारवाडी युवा मञ्च विराटनगरको अध्यक्षमा गोपाल अग्रवाल निर्वाचीत भएका छन् । निर्वाचीत भएका नयाँ कार्यसमितिहरूलाई विराटनगरमा एक भव्य समारोहको बिच आठौं पद स्थापन कार्यक्रम आयोजना गरिएको थियो ।
मारवडी युवा मञ्चको उपाध्यक्षमा जया शर्मा, जितिन राठी, महासचिबमा मोहित लालवानी, राजेश अग्रवाल र धिरज शर्मा सचिब रहेका छन् । यस्तै पवन पारख कोषाध्यक्ष र मोहित अग्रवाल सह–कोषाध्यक्ष रहेका छन् ।
नवनिर्वाचत अध्यक्ष अग्रवालले समाज परिवर्तनको लागि महत्पूर्ण कामहरूको सूची पनि सार्वजानिक गरेका छन् । अध्यक्ष अग्रवालल र विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले मरणोपरान्त आँखा दान गर्ने घोषणा पनि गरे । सोही कार्यक्रममा अध्यक्ष अग्रवालका वुवा सत्यनारयणले १ लाखको अक्षयकोष खडा गरिदिएका छन् । सो कोषबाट जेहन्दार विद्यार्थी, खेलकुद, सामाजिक साँस्कृतिक कार्यक्रममा खर्चिने अध्यक्ष अग्रवालले बताए ।
मारवडी युवा मञ्चमा सदस्यता बढाएर सामाजिक क्रियाकलापसँगै युवाहरूको क्षमता अभिवृद्धीमा मारवडी युवा मन्च अगाडी बढने अध्यक्ष अग्रवालले प्रतिवद्धता जाहेर गरे । सोही अवसरमा समाजसेवी ताराचन्द खेतान, कवि लक्ष्मण नेवटीया, र बावुलाल सेनलाई सम्मान पनि गरियो ।