CLASSICTECH NET

पाँच विद्यार्थी संगठनले पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोग विराटनगरमा तोडफोड

खबर पूर्वाञ्चल, २२ असार २०७६, आईतवार १७:०९

विराटनगर / पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालमा पाँच विद्यार्थी संगठनले तोडफोड गरी आन्दोलन सुरु गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयले खुलाएको सेवा आयोगको विषयमा आज अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रुपमा दुवै कार्यालयमा आज तोडफोड गर्नुका साथै तालाबन्दी समेत गरेका छन् ।

उनीहरुले विद्यार्थीले विराटनगर–१ पुष्पलाल चोकमा रहेको विश्व विद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका समयमा उपकुलपति घनश्याम लाल दास र रजिष्ट्रार प्रमिला थापा भने थिएनन् । विराटनगर–३ बरगाछीमा रहेको पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोगको कार्यालयमा पनि तालाबन्दी गरिएको छ । तालाबन्दी गर्नुअघि तोडफोडमा उत्रिएका विद्यार्थीले विश्वविद्यालयको कम्प्युटर, ल्यापटप, प्रिन्टर, झ्यालका सिसा, टेबुल, गमला, दराज, कुर्सी फुटाइदिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयले गत चैत ५ गते ७२ जनाको कर्मचारीको माग गर्दै विज्ञापन खुलाएको थियो । तर, विवाद सिर्जना भएपछि सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । सो समितिले बुझाएको प्रतिवेदनमा विज्ञापनलाई स्थगन गर्न भनिएपनि भित्रभित्रै रूपमा कर्मचारी भर्ना गर्न खोजिएपछि तालाबन्दी गरिएको विद्यार्थी संगठनहरुले बताएका छन् ।

समितिले दिएको सुझावलाई बेवास्था गर्दै असार २० गते शुक्रबार परीक्षासम्बन्धी कार्यक्रम प्रकाशित गरिएपछि विद्यार्थीहरु आन्दोलित बनेको अनेरास्ववियुका अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष ताजिम अन्सारीले बताए । केही व्यक्तिलाई सेवामा प्रवेश गराउने उद्देश्य राखेर गरिएको विज्ञापन खारेज गरेर नयाँ प्रक्रियाबाट मात्र विज्ञापन गर्नु पर्ने माग राखे पनि वास्ता नगरेपछि तालाबन्दी गरेको उनले बताए । आर्थिक चलखेलका कारण भर्ती गर्ने केन्द्र बनाउन खोजेका कारण आन्दोलन गरेको उनको भनाइ छ ।

निश्चित व्यक्तिलाई सेवा प्रवेश गराउने उदेश्य राखेर गरिएको विज्ञापन खारेज गरेर नयाँ प्रक्रियाबाट मात्र विज्ञापन गर्नु पर्ने विद्यार्थीहरुले माग गरेका छन् । यस विषयमा गत शुक्रबार ध्यानआकर्षण गराउदा पनि क्नै सुनवाई गरिएपछि आन्दोलनमा उत्रनुपरेको विद्यार्थी सङठनका नेताहरुले बताए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५