RUMPUM
animated ellipse animated ellipse

चिलीलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकामा तेश्रो , मेसीले पाए करियरकै दोश्रो रातो कार्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ असार २०७६, आईतवार ०७:५०
3
Shares

विराटनगर/अति नै तनावपूर्ण बनेको खेलमा अर्जेन्टिना कोपा अमेरिका फुटबलमा तेस्रो भएको छ । तेस्रो स्थानको लागि भएको खेलमा चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको हो ।

अर्जेन्टिनाको जितमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोल गरे भने चिलीका अर्टुरो भिदालले एक गोल फर्काए । चिलीविरुद्ध अर्जेन्टिनाले खेलको १२ औं मिनेटमा अग्युरोको गोलबाट अग्रता बनाएको थियो । खेलको २२ औं मिनेटमा डिबलाले गोल गरेपछि अर्जेन्टिना २–० ले अग्रता लियो । तर, खेलको पहिलो हाफमै दुवै टोली १० खेलाडीमा समेटियो। खेलको ३७ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र चिलीका गारी मेडेलले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएको हो । मेस्सीले क्लब प्रतिस्पर्धामा अहिलेसम्म रातो कार्ड पाएका छैनन् । उनका लागि रातो कार्ड निकै दुर्लभ हो । मेस्सीले सिनियर खेल जीवनमा पाएको यो दोस्रो रातो कार्ड हो । उनले १४ वर्षअघि अन्तराष्ट्रिय प्रतिस्पर्धामा डेब्यु गरेका बेला रातो कार्ड पाएका थिए ।
मेस्सी र मेडेल एक अर्काविरुद्ध मैदानमा झगडा गरेपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए । त्यसपछि खेलको दोस्रो हाफमा चिलीले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । खेलको ५९ औं मिनेटमा भिदालले पेनाल्टीमा गोल गरेपनि अर्जेन्टिना २–१ ले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर