CLASSICTECH NET

विराटनगरको एजेलिया स्कूलमा कानून विषय पढाइ हुने

खबर पूर्वाञ्चल, २२ असार २०७६, आईतवार २०:५६

विराटनगर /विराटनगर पोखरिया – १ मा रहेको श्री एजेलिया माद्यमिक विद्यालयले कानून विषयमा यसै शैक्षिक सत्र २०७६ देखि अध्यापन गराउने भएको छ ।

कुशल व्यवस्थापनद्धारा सञ्चालित एजेलियामा दक्ष, सीपमूलक तथा रोजगारीको अति सम्भावना बोकेको यस विषयमा विगत बीस वर्षदेखि खट्किएको अभावलाई पूरा गर्ने उद्देश्यसहित आफ्नै भवनमा उक्त विषय अध्यापन गराइने भएकाले कानून विषय पढ्ने विद्यार्थीहरूलाई सहज हुने अपेक्षा गरिएको स्कूलका प्रिन्सिपल सेवक बजगाईले बताए ।

हामीले यसै सत्रदेखि व्यव्स्थान र कानुन विषयको लागि विराटनगर महानगरपालीकाबाट स्वीकृती पाए पनि यसपाली कानुन विषयमा मात्र अध्यापन गराएको प्रिन्सिपल बजगाईले बताए । स्कूलले कानुन विषय अध्यापन शुरु गरेपछी विद्यार्थीहरु एजेलीयामा आकर्षीक भएको प्रन्सिपल बजगाईले बताए । उनले भने मैले कक्षा ११ को कानुन विषय अध्यापन गराउँने भनेर सामाजितक संजालमा राखेपछि प्रदेश १ र २ का विभिन्न जिल्लाबाट फोन गरि अध्ययनकोलागि रुचि राखेको बताए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५