CLASSICTECH NET

नेपाल मुस्लिम संघ विराटनगरमा सरफरोस खान

खबर पूर्वाञ्चल, २१ असार २०७६, शनिबार २१:५१

विराटनगर / नेपाल मुस्लिम संघ विराटनगर महानगर समितिको नयाँ कार्यसमिति गठन भएको छ । सरफरोस खानको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको हो ।

गठित समितिको उपाध्यक्ष आवदा खातुन ,सचिव रासिद अन्सारी ,सह–सचिव महवुव अन्सारी ,कोषाध्यक्ष जफर एकवाल ,सह–कोषाध्यक्ष तसिरा खातुन रहेका छन् । यस्तै सदस्यहरुमा मो.अलाउद्धिन खान ,हैदर अली,नेजामुद्धिन खान,मो.भलाम ,मो.सलाम अनसरी र गुलसन खातुन रहेका छन् ।

नवगठित समितिले शनिवार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥र्यो । ४ वर्षे कार्यकाल रहेको समितिले मुस्लिम समाजका हकहित र सामाजिक कार्य गर्ने लक्ष्य राखेको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण तथा शुभकामना प्रदान गरे ।
कार्यक्रममा बोल्दै मेयर पराजुलीले नेपालका हरेक परिवर्तनमा मुस्लिम समुदायले पु¥र्याएको योगदानको चर्चा गरेका थिए । मुस्लिम समुदायका समस्या र आवश्यकताको पहिचान गरी काम गर्न समेत नवगठित समितिसंग पराजुलीले आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य उद्धव कोइराला, नेपाल मुस्लिम संघ मोरङका उपाध्यक्ष अजाद आलम ,कांग्रेस वडा नं. ६ का बुथ सभापति बद्री थापा,नेपाली कांग्रेस महानगरका कार्यबाहक सभापति अरुण न्यौपाने,युवा विद्यार्थी नेता कृष्ण कार्कीलगायतले शुभकामना ब्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५