पूर्वाञ्चल खबर
विराटनगर / विजुलीको ट्रान्सफरमर जडान नहुँदा मोरङको सुुनवर्सी नगरपालिका–५ मा निर्माण गरिएको डिप वोरिङ दुुई वर्ष देखि सञ्चालनमा आउन सकेको छैन ।
मोरङका सांसद शिवकुुमार मण्डलको सांसद कोषको ३५ लाख रुपैयाको लागतमा वोरिङ निमार्ण गरिएको हो । सो क्षेत्रका दुुई सय भन्दा वढि जग्गामा सहज रुपले सिचाई पुु¥याउन वोरिङ निमार्ण गरिएको हो ।
स्थानिय किसान राजकुुमार राजवंशीले राष्ट्रिय प्रसारण लाइन पुुगेको सो ठाउँमा एउटा ट्रान्सफरमर जडान गर्न नसक्दा त्यस्तो उपयोगी आयोजना दुुई वर्ष देखि अलपत्र परेको वताए । पटकपटक डेलिकेसन जादा पनि विद्युुत प्राधिकरण वेवास्ता गरेपघि त्यत्रो लगानी वालुुवामा पानी हाले जस्तो भएको उनको भनाइ छ ।
वोरिङ सञ्चालनका लागी ११ हजार केवीको लाइन पुु¥याएर दुुई सय केविको ट्रान्सफरमर जडान गर्नुु पर्ने हुन्छ । वोरिङ सञ्चालनमा नआएपछि स्थानियहरुले वोरिङ निमार्ण गरिएको संरचनामा दाउरा राख्न थालेका छन् । अर्का किसान जोगिन्दर ऋषिदेव वर्षा नभइरहेको अहिलेको अवस्थमा वोरिङ सञ्चालनमा आएको भए निकै सहज हुुन्थ्यो । लामो समयपछि आएको आयोजनाको काम सम्मपन्न हुुँदा खेतवारीमा सहज रुपमा सिंचाई हुुने आस भएपनि त्यो भने अहिले पुुरा नभएको किसानहरुको गुुनासो छ । वोरिङ सञ्चालनकालागी १५ हर्स पावरको मटर जडान गरिएको छ ।