RUMPUM
animated ellipse animated ellipse

हतियारसहित १ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ असार २०७६, बिहीबार १८:०९
3
Shares

संखुवासभा / संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बाट हातहतियार र गोलीगठ्ठा सहित ओखलढुंगा चिशंखुगढी गाउँपालिका-७  का निम दोर्जी तामाङ पक्राउ परेका छन् । 

 जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तिमा खटिएको प्रहरी टोलीलाई तामाङ हितको टोलीले असार १६ गते बिहान ९ बजेर ५५ मिनेटमा होयङ्ला भन्ने स्थानमा प्रहरीलाई लक्षित गरी गोली फायर गरेको थियो । प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दै सर्च गर्ने क्रममा असार १७ गते तामाङलाई १ थान SLR, ६५ राउण्ड गोली, म्यागजिन १ थान, र १३ थान खोका  तथा LMG राईफलको २० राउण्ड गोलीसहित म्यागजिन १ थान, बिष्फोटन गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट लामो डेडकर्ड र मेमोरी कार्ड सहितको मोवाईल थान- १ बरामद गरिएको हो । 

 यसै गरी  सिलिपिङ व्याग थान १, पछाडी भिर्ने कालो रंगको झोला थान १, कार्लमाक्स व्यक्तित्व र कृतित्व लेखेको किताव थान १, खाली डायरी थान १ समेत बरामद गरिएको छ । यसरी हातहतियार सहित पक्राउ परेका  निम दोर्जी तामाङ उपर जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर