पूर्वाञ्चल खबर
विराटनगर / बंगलादेशलाई पराजित गर्दै भारत इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतयोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
बर्मिङघममा मंगलबार राति भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत अन्तिम चारमा पुग्न सफल भएको हो भने पराजित भएसँगै बंगलादेश विश्वकपबाट बाहिरिएको छ ।
भारतले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा सवै विकेटको गुमाई २ सय ८६ रन मात्रै बनाएपछि भारतसँग बंगलादेश पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो । बंगलादेशका लागि शकिब अल हसनले ६६ रन बनाउँदा मोहम्मद सइफुदिनले अविजित ५१ रन बनाए । त्यस्तै सबिर रहमानले ३६ रन र सौम्या सरकारले ३३ रनमा आउट भए । भारतका जस्प्रित बुमराहले ४ विकेट लिँदा हार्दिक पाण्ड्याले ३ विकेट तथा भुवनेश्वर कुमार, मोहमद सामी र यूवेज्बेन्द्र चहलले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो । भारतका रोहित शर्माले शतक बनाए । उनले ९२ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै १ सय ४ रन बनाए । उनले यो विश्वकपमा ४ सतक प्रहार गर्दै एकै विश्वकपमा ४ सतक प्रहार गरेका श्रीलंकाका कुमार सांगाकाराको नाममा एकै विश्वकपमा सर्वाधिक सतक बनाउने कीर्तिमान बरमबरी गरे ।
त्यस्तै, केएल राहुलले ७७ रन बनाए । पहिलो विकेटका लागि रोहित र राहुलले १ सय ८० रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा र्पुयाएका थिए । त्यस्तै, रिषभ पन्तले ४८ रन बनाउँदा महेन्द्रसिंह धोनीले ३५ रन र विराट कोहिलीले २६ रन बनाएर आउट भए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ५ विकेट लिँदा सकिब अल हसन १, रूबेल हुसेन र सौम्य सरकारले १–१ विकेट लिए।