पूर्वाञ्चल खबर
विराटनगर / इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतयोगितामा वेष्ट इन्डिजलाई श्रीलंकाले पराजित गरेको छ । यी दुवै टोली यस अघिनै विश्वकपको दौठबाट बाहिरिसकेका छन् ।
सोमबार भएको खेलमा वेष्ट इन्डिजलाई २३ रन पराजित गर्दै श्रीलंकाले सान्त्वना जित हात पारेको हो । श्रीलंकाले दिएका ३ सय ३९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ३ सय १५ रन बनायो । वेष्ट इन्डिजका लागि निकोलस पुरनले १ सय १८, फाबिएन एलनले ५१ रन तथा क्रिस गेलले ३५ रन बनाए पनि हार टार्न सकेनन् । श्रीलंकाका लसिथ मालिंगाले ३ विकेट लिए भने कसुन रजिथा, एंजिलो म्याथु तथा वान्डरसले समान १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको थियो । श्रीलंकाका अभिस्का फर्नान्डोले शतक बनाए । २१ वर्षीय फर्नान्डोले ब्याट्सम्यानको पहिलो एकदिवशीय अन्तराष्ट्रिय शतक हो । उनले १ सय ४ रन बनाए । कुशल परेराले ६४ रन , कुसल मेन्डिसले ३९ रन र दिमुथ करुणारत्नेले ३२ रन बनाए भने लाहिरु थिरिमानेले ४५ रनमा अविजित रहे । वेस्ट इन्डिजका कप्तान जासन होल्डरले २ विकेट लिए। सेलडम कोट्रेल, ओसान थोमस र फाबियन एलेनले १–१ विकेट लिए।