RUMPUM
animated ellipse animated ellipse

सामाजिक सन्जालमा गरिएका प्रचारवाजीको न्यायिक समितिले गर्यो खण्डन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ असार २०७६, आईतवार २१:१३
3
Shares
विराटनगर / विद्यालय (मदरसा) विराटनगरका विषयमा जोडेर सामाजिक सन्जालमा गरिएका नकारात्मक प्रचारबाजीको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

न्यायिक समिति संयोजक तथा महानगर उपप्रमुख इन्दिरा कार्की,सदस्य विनोदकुमार बस्नेत,सदस्य तिर्थेन्द्र न्यौपानेद्धारा हस्ताक्षर गरि आज जारी विज्ञप्तिमा सामाजिक सन्जालमा गरिएका नकारात्मक टिप्पणीका विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ महानगरस्थित वडा नं. १३ निवासी निवेदिका विमलादेवी न्यौपानेले ताजुल इस्लाम नमुना आधारभूत विद्यालय (मदरसा)को भवन निर्माण गर्दा भवन संरचनाको छतको छज्जी आफ्नो घरमाथि पर्ने गरी मापदण्ड विपरित संरचना बनेको र सो छज्जी हटाइ पाउँ भनी गत बैशाख ९ गते निवेदन परेको र सोही विषयमा पटक पटक छलफल गरी अन्तिम पटक असार ४ गते न्यायिक समितिमा मदरसाका प्रअ समसुल हक समेत सहभागि भएको छलफलमा इजलास भित्र भिडियो बनाउने साथै अभद्र ब्यवहार गरी पक्ष बिपक्षको बिचको सामान्य विवादलाई अतिरन्जित गरी प्रचारवाजी गरिएको उल्लेख छ ।

यस्तै घटनालाई लिएर स्थलगत अनुगमन गर्दा सो क्रममा कुनै आघात पुग्ने कार्य नगरिएको र तथ्यहिन ,आधारहिन कुराहरुको आरोप लगाइ भ्रम सिर्जना गर्ने उदेश्यका साथ सप्रेषण भएका घटनाको भर्षना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

धार्मिक तथा सास्कृतिक धरोहरका विषयमा महानगर अत्यन्तै संवेदनशिल रहेको र त्यसखाले आधारहिन ,तथ्यहिन कुराको पछाडी नलाग्न समेत महानगरवासीमा आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर