CLASSICTECH NET

राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर महानगरपालिकाले गर्यो रोपाइ

खबर पूर्वाञ्चल, १५ असार २०७६, आईतवार १६:००

विराटनगर / राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर महानगरपालिकाले रोपाई कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगर–१८ स्थित फडानीमा महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी , वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने , सन्जयकुमार साह, विराटनगर महानगर कृर्षि शाखा प्रमुख खगेश्वर तिम्सिनालगायतले धान रोपाईको शुभारम्भ गरेका थिए । बाजागाजा गीत संगितका साथ रोपाई शुरु भएको थियो । महानगरको रोपाई कार्यक्रममा कृषकहरु समेत सहभागी भइ धान रोपाईमा सहभागी भएका थिए ।

विराटनगर महानगरका १८ र १९ नम्वर वडाका क्षेत्रहरुलाई कृषिको मुख्य आधार वनाएर विभिन्न योजनाहरु अघि सारिएको महानगर प्रमुख पराजुलीले वताए । दुवै वडामा ५ हजार हेक्टर वढि कृषि योग्य भुमि भएकाले त्यसलाई व्यवस्थित गरेर कृषि परियोजना संचालनमा ल्याउने महानगरपालिकाले तयारी शुरु गरेको उनको भनाई थियो । महानगरपालिकाका उपप्रमुख कार्कीले महानगरभित्रका उव्जाउ जमिनलाई वाझै नराख्न र त्यस्ता जमिनमा केहि न केहि उत्पानदन मुलक कृषिवाली लगाउन आग्रह गरिन् । प्रमुख प्रशासकिय अधिकृत अधिकारीले कृषकका आधारभुत आवश्यकता पुरागर्न महानगर प्रतिवद्ध रहेको वताउनुभयो ।
सोही अवसरमा विराटनगर महानगरका किसानहरुले गुणस्तरिय विउविजन साथै मलखाद्य समयमा नपाउने र किटनासक औषधिको समेत अभाव रहेको गुनासो गरेका थिए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५