AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ईलाममा मृत भेटिएकी महिलाको हत्या भएको पुष्टी, हत्यामा संग्लग्न पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ असार २०७८, मंगलवार १७:५९
2.46k
Shares
ईलाम / ईलाम ईजलासको परिसर भित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टी भएको छ ।

जिल्ला सोलुखुम्बु, सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका–७ मा भाडामा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ बर्षीया विमलादेवी निरौला पराजुली २८ गते सोमवार विहान अन्दाजी ७ बजेको समयमा कार्यालय परिसरमा मृत फेला परेकी थिईन् । एक जना महिला मृत अवस्थामा रहेको भन्ने सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ सहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको र थप अनुसन्धानको लागी संघीय प्रहरी ईकाई धरानबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली झिकाई अनुसन्धान गर्ने क्रममा सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ बर्षीय युवराज बानियाँको संग्लग्नता रहेको देखिएसंगै बानियाँलाई पक्राउ गरीएको हो ।

पक्राउ परेका बानियाँले उक्त घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर