RUMPUM
animated ellipse animated ellipse

ट्राफिक नियम पालना नगर्नाले सडक दुर्घटनामा वृद्धि–मन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ असार २०७६, शनिबार २१:१८
3
Shares

विराटनगर / प्राकृतिक प्रकोप भन्दा सडक दुर्घटनामा मानवीय क्षति ज्यादा भएकोले यसको न्यूनिकरण आवश्यक रहेको प्रदेश नं १ का आन्तिरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले वताएका छन् ।

आज विराटनगरमा ‘विकासका लागि सुरक्षा र सचेतना’ नाराका सहित आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजित गरेको प्रदेशस्तरीय एक दिवसीय प्रशिक्षण कार्यक्रमा मन्त्री कार्कीले चालकको लापरवाही र सर्वसाधारणले ट्राफिक नियम पालना नगर्नाले सडक दुर्घटनामा वृद्धि भएकोले सचेतना आवश्यक रहेको बताए ।

मन्त्री कार्कीले प्रदेश ट्राफिकलाई दुर्घटना न्यूनियकरणका लागि आवश्यक पर्ने अध्याधुनिक सामाग्री उपलव्ध गराउँदै आएको वताउँदै प्रहरी कार्यालयमा रहेका मुद्दा र दावी नागरिएका सवारी साधन लिलाम गराउन प्रदेश सरकारले कानून बनाउने तयारी रहेको जानकारी दिए ।

प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले ट्राफिक प्रहरी ‘प्रविधि मैत्री’ वनाउनु पर्नेमा जोड दिदै सवैले ट्राफिक नियमपालना गरेमा दुर्घटना कम हुने वताए ।

प्रदेश १ प्रहरी कार्यालयका प्रमुख ठाकुरप्रसाद ज्ञवालीले अन्य प्रदेश भन्दा साधनश्रोतले सम्पन्न भएको यस अवस्थामा ट्राफिक प्रहरीले जवाफदेही वन्नु पर्ने बताए । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले हतारले दुर्घटना निम्त्याउने हुनाले ट्राफिक नियमको सधै पालना गर्न आग्रह गरे ।

प्रदेश नं १ मा आर्थिक वर्ष २०७५/७६ को अहिलेसम्म १ हजार १ सय २८ सडक दुर्घटनावाट ३ सय ३४ जनाको मृत्यु भएको छ भने दुई हजार १ सय ३४ जना घाइते भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर