AArya
RUMPUM
animated ellipse animated ellipse

शौचालयको सेफ्टिट्याङ्कीमा निसासिएर चार जना मजदुरको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ असार २०७६, शनिबार १९:५५
3
Shares

विराटनगगर / मोरङको सुनवर्षी नगरपलिका–९ डायनिया स्थित मुसलमान टोलको मर्कस मस्जिदमा निर्माणाधिन शौचालयको हजभित्र निसास्सिएर चारजना मजदुरको मृत्यू भएको छ ।

आज अपरान्ह मर्कस मस्जिदको कम्पाउण्डमा निर्माणाधीन अवस्थामा रहेको शौचालयको हजमा रहेको काठको सेटिङ खोल्न हजभित्र निसास्सिएर चारजना मजदुरको मृत्यू भएको हो । मृत्यु हुनेहरूमा ४५ वर्षिय कपिल आलम, २० वर्षिय मो.फिरोज, १९ वर्षिय सहनवाद र २२ वर्षिय रहेका छन् । उनीहरु सवै हजभित्र निसासिएर बेहोस अवस्थामा उद्धार गरिएका उपचारका लागि प्रहरीले विराटनगरस्थित गोल्डेन अस्पतालमा ल्याएको थियो । अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए ।

घटना बारेमा थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी डाइनिया र इलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोली र स्थानियवासीको समेत सहयोगमा घाईतेहरुलाई उद्धार गरी उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाइएकोमा उपचारकै क्रममा उनीहरुको आजै पौने ६ बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर