RUMPUM
animated ellipse animated ellipse

विश्वकप क्रिकेटमा वेष्टइन्डिजलाई पराजित गर्दै भारट दोस्रो स्थानमा उक्लियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ असार २०७६, बिहीबार २२:५३
3
Shares
विराटनगर / भारतले इङ्ल्याण्ड तथा वेल्समा जारी १२ औं आइसिसी विश्वकप क्रिकेटअन्तर्गत वेष्ट इन्डिजलाई पराजित गर्दै अन्तिम चार पुगेको छ ।

म्यानचेस्टरमा आज भएको खेलमा भारतले वेष्ट इन्डिजलाई १ सय २५ रनको फराकिलो रन अन्तरले पराजित गर्दै अन्तिम चार पुगेको हो । यता पराजित भारतसँग पराजित वेष्ट इन्डिज विश्वकपबाट बाहिरिने तेस्रो टिम भएको छ । यस अघि अफगानिस्तान र दक्षिण अक्रिका विश्वकपबाट बाहिरि सकेका छन् । भारतले ६ खेलमा ५ मा जित र एक रद्धका कारण ११ अंकका साथ दोस्रो स्थानमा उक्लिएको भने वेष्ट इन्डिज ७ खेलमा १ मा जित ५ मा हार र एक खेल रद्धका कारण ३ अंककासाथ सातौ स्थानमा रहेको छ ।

भारतले दिएको २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३४ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ४३ रन मात्र बनाउँन सक्यो । वेष्ट इन्डिजका लागि अम्ब्रसले ३१ बनाउँदा एन पुनमले २८ रन, केमार रोचले १४ रन र सेलडम कोट्रेलले १० रन बाहेक अरु कसैले पनि दोहोरो अंकलाई छुन सकेनन् । भारतका महमद सामीले ४ विकेट तथा जसप्रित बुम्रराह र युवी चहले २–२ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा २ सय ६८ रन बनायो । भारतका लागि कप्तान विराट कोहलीले ७२ रन, केएल राहुलले ४८ रन, रोहित शर्मा१८ रन, विजय शंकर १४ रन र केदार जादव ७ रन र हार्दिक पाण्ड्याले ४६ रन जोडेर आउट भए भने पूर्व कप्तान महेन्द्रसिंह धोनी ५६ रनमा नटआउट रहे । उनले ६१ बल खेलेर ३ चौका र २ छक्का प्रहार गरे । वेस्ट इन्डिजका केमार रोचले ३ विकेट लिँदा कप्तान जासन होल्डर र सेलडम कोट्रेलले २–२ विकेट हात पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर