AArya
RUMPUM
animated ellipse animated ellipse

अभिभावकको रोजाइमा विराटनगरको एभरेष्ट स्कूल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० असार २०७६, मंगलवार १५:४८
3
Shares

विराटनगर / स्थापना कालदेखि नै विद्यार्थीहरुमा अनुशासन सहित गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गरेको एभरेष्ट माध्यमिक विद्यालयले छुट्टै पहिचान छ ।

बन्दै गरेको कलेजको नयाँ भवन

२०५० सालमा स्थापना भएको एभरेष्ट स्कूलले गुणस्तरीय शिक्षाको माध्यमबाट आफूलाई अब्बल साबित गरेको छ ।

प्रदेश १ को राजधानी विराटनगर ५ मा रहेको एभरेष्ट सेकेण्डेरी स्कूलले विस २०७२ सालदेखि विज्ञान तथा व्यवस्थापन संकायमा प्लस टु सञ्चालन गरिरहको छ ।
अभिभावकको नजरमा परेको एभरेष्टले न्युन आर्थिक अवस्थाका बालबालीकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहुलियत प्रदान गर्दै आएको छ ।

नेपाल सरकारले देशकै उत्कृष्ट विद्यालयको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानपत्र ग्रहण गर्दै स्कूलका प्रिन्सिपल पुरी

विद्यालयले विभिन्न शीर्षकहरूमा प्रतिशतको आधारमा छात्रवृत्तिको व्यवस्था गरेको छ । विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति तथा सहुलियतको निर्धारण विद्यालय व्यवस्थापन समितिको बैठकबाट पारदर्शी रुपमा गर्दै आएको छ ।
स्थापना भएको छोटो समयमै प्लस टु लेभलमा एभरेष्टले प्रत्येक वर्षका बोर्ड परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

विस २०७३ को कक्षा १२ को वार्षिक परीक्षामा व्यवस्थापन संकायबाट सुनिधी केसीले कुल ८७।७३ प्रतिशत अंक प्राप्त गरी देश व्यापी रूपमा प्रथम हुन सफल भएकी थिइन् भने सोही वर्षको विज्ञान संकायको कक्षा १२ को वार्षिक परीक्षामा अनिश भण्डारी ८७।३० प्रतिशत अंक प्राप्त गरी आफ्नो संकायबाट प्रदेश १ मा प्रथम भएका थिए । २०७४ मा विज्ञान संकाय तर्फ प्रदेश १ प्रथम अंगद पोखरेल प्रथम स्थान ल्याएका छन् त्यसैगरि २०७५ सालको राष्टिय परिक्षा बोर्डको परिक्षाफलबाट उत्कृष्ट विद्यालयको रुपमा छनौट भई सम्मानिय प्रधानमन्त्रि के. पी. शर्मा ओलि ज्यू बाट नगद २००,००० तथा प्रमाण पत्र प्राप्त गरेको छ ।

विद्यार्थीले कक्षामा प्रयोग गर्ने फर्निचर तथा अत्याधुनिक शैक्षिक सामग्रीहरूको जडानले नमुना विद्यालयको रूपमा परिचित गराइरहेको छ । समग्रमा, विद्यार्थीको सर्वोपरि विकास तथा प्रगतिका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरूको व्यवस्थापनमा विद्यालयले कुनै सम्झौता गरेको छैन ।

विज्ञान तथा व्यवस्थापन संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयले भौतिक सुविधाका साथै विद्यार्थी मैत्री शैक्षिक वातावरणमा विशेष जोड दिदै आएको छ ।

विद्यार्थीहरूको सुविधाका निम्ति फराकिला, स्तरीय फर्निचर तथा अत्याधुनिक उपकरण जडित कक्षा कोठाहरू, सुविधा सम्पन्न विज्ञान प्रयोगशालाहरू तथा उत्कृष्ट स्रोत केन्द्र स्तरको पुस्तकालयका साथै सफा तथा स्वस्थकर खाजा उपलब्ध हुने चमेनागृह छ । जसले विद्यार्थीको शैक्षिक गतिविधिलाई थप गतिशील तथा सकारात्मक बनाउन सहयोग गरेको छ ।

उत्कृष्ट सिकाइ पद्धतिले परिणाममुखी नतिजा ल्याएको छ । गुणस्तरीय प्लस टु शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरूका लागि विद्यालय उत्कृष्ट तथा निर्विकल्प गन्तव्य हुने विद्यालय व्यवस्थापनको दाबि छ ।
विज्ञान तथा व्यवस्थापन दुबै संकायका महत्वपूर्ण विषयका लागि पूर्णकालीन शिक्षकको व्यवस्थाले पनि विद्यार्थीले आफूले चाहेजस्तो वातावरणमा पढ्न पाउने विद्यार्थीको सोचलाई टेवा पुगेको छ ।

एभरेष्ट स्कूलले आफ्नो सेवाको २५ वर्षमा बटुलेको अनुभवलाई विद्यार्थी सिकाइमा कुनै पनि सम्झौता नगरेर गुणस्तरिय शिक्षा दिने कुरामा अडिक रहेका कारण अभिभावको रोजाइमा परेको हो ।

स्कूलले पढाइलाई मात्र केन्द्रबिन्दु बनाएर काम गरेको छैन् । पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमा समेत स्कूलले सफलता हासिल गरेको छ । विद्यालय देशकै नमुना विद्यालयको पहिचान बनाएको छ ।

नेपाल सरकारले देशकै उत्कृष्ट विद्यालयको रुपमा २०७५ बाट सम्मानित गरेकोा थियो । यस अघि नेपाल सरकारको तर्फ क्षेत्रीय रुपमा उत्कृष्ट भएको पुरस्कृत भइसकेको छ । त्यसैगरी २०७० मा वेष्ट स्कुल अवार्डपनि पाएको थियो ।
एभरेष्टले अन्तराष्ट्रिय शैक्षिक मापदण्ड अनुरूपको उत्कृष्ट भौतिक तथा शैक्षिक सुविधाहरू उलब्ध गराउने स्कूलका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए ।

विद्यालयले करिब ३ विगाहको क्षेत्रफलमा विश्वस्तरको कलेज परिसरको निर्माण गर्ने योजना अनुरूप भवन शिलान्यास गरी निर्माण कार्य थालनी गरेको छ ।
भवन अन्तराष्ट्रिय मापदण्ड अनुसारको हुने छ । जहाँ प्लस टु देखि विभिन्न संकायका स्नातक तथा स्नातकोत्तर तह सम्म पठनपाठनसमेत हुने स्कूलका प्रिन्सिपल पुरीले बताए ।

निर्माणाधिन भवनमा सुबिधा सम्पन्न कक्षा कोठाहरू, प्रयोगशाला तथा पुस्तकालयका साथै विश्वस्तरीय खेलकुद परिसर बन्नेछ जसमा फुटबल मैदान, बास्केटबल, भलिबल कोर्ट, पौडी पोखरी तथा अन्य इन–डोर तथा आउट डोर खेलकुदका सुविधाहरू उपलब्ध हुनेछन् ।

त्यस्तै संगीत तथा नृत्य कक्षाका साथै सम्पूर्ण सुविधायुक्त सभाकक्षको समेत सुविधा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर