पूर्वाञ्चल खबर
उदयपुर / उदयपुरको कटारी नगरपालिका ४ मरुवामा आज दिउँसो घाँटी रेटेर एक महिलाको हत्या भएको छ ।
महिलाको हत्यामा संग्लग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रीमानले कान्छी श्रीमती ल्याए पश्चात श्रीमानसँग छुट्टीएर पुरानो घरदेखि करिव सय मिटरको दुरीमा रहेको अर्को घरमा बस्दै आएकी ३० बर्षीया सीता राईले आफ्नी सौता लक्ष्मी राईलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रेटेर हत्या गरेको खुल्न आएको छ उदयपुर प्रशरीले जनाएको छ।
हत्या भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग गरीएको चक्कु घटनास्थलबाट नै बरामद गरेको छ भने आरोपीत सीता राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको उदयपुर प्रशरीले जनाएको छ ।