RUMPUM
animated ellipse animated ellipse

वेष्ट इन्डिजमाथि रोमाञ्चक जित हात पादैृ न्युजिल्याण्ड शिर्ष स्थानमा उक्लियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ असार २०७६, आईतवार ०७:२२
3
Shares

मनोज दाहाल
विराटनगर / इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतयोगितामा न्युजिल्याण्ड विजय हुँदै शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा वेष्ट इण्डिजलाई ५ रनले पराजित गर्दै न्युजिल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

म्यानचेस्टरमा भएको खेलमा न्युजिल्याण्डले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ४९ ओभरमा पूरै विकेट गुमाउँदै २ सय ८६ रन बनाएपछी न्युजिल्याण्डसँग ५ रनले पराजित भएको हो । वेष्ट इण्डिका लागि कार्लोस ब्राथवेटले शतकीय पारी खेल्दै ८२ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १ सय १ रन बनाउँदा क्रिस गेलले ८७ रन हेट्मायरले ५४ रनको योगदान गरे ।

न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ४ विकेट लिँदा ल्युक फर्गुसनले ३ विकेट जिम्मी निशम, म्याट हेनरी र कोलिन डी ग्राण्डहोमले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९१ रन बनाएको थियो । न्युजिल्याण्डका कप्तान केन विलियम्सनले सतकीय पार िखेले । कप्तान केनले १ सय ५४ बलमा १४ चौका र एक छक्का प्रहार गर्दै १ सय ४८ रन बनाए । त्यस्तै रोस टेलरले ६९ रन बनाउँदा जेम्स निसामले २८ रन बनाए । वेष्ट इन्डिजका सेल्डन कोट्रेलले ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर