RUMPUM
animated ellipse animated ellipse

विश्वकप क्रिकेट : मालिङ्गा चम्किएपछि श्रीलंकासँग इंग्ल्याण्ड २० रनले पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ असार २०७६, शनिबार ०६:१५
3
Shares

विराटनगर / लाथिस मालिङ्गा चम्किएपछि श्रीलंकाले इङ्ल्याण्ड तथा वेल्समा जारी १२ औं आइसिसी विश्वकप क्रिकेटअन्तर्गत आयोजक इङ्ल्याण्डलाई पराजित गरेको छ ।

शुक्रबार राती लिड्समा भएको खेलमा लाथिस मालिङ्गाले एक्लै ४ विकेट लिएपछी इंग्ल्याण्ड श्रीलंकासँग २० रनले पराजित भएको हो ।

२३३ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४७ ओभरमा २ सय १२ रन बनाउँदा अल आउट भयो । उसका लागि बेन स्टोक्सले नटआउट हुँदै ८२ रन बनाए भने जोए रुटले ५७ रन तथा कप्तान इयान मोर्गनले २१ रन बनाए पनि हार टार्न सकेनन् । श्रीलंकाका मालिंगाले ४ विकेट, धनन्जय डी सिल्भाले ३ विकेट तथा इसुरु उडानाले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३२ रनको मध्यम स्कोर बनाएको थियो । उ। श्रीलंकाको जितमा एन्जेलो म्याथ्युजले अविजित ८५ रन बनाउँदा

अभिषेक फर्नान्डोले ४९ रन , कुशल मेन्डिजले ४६ रन र धनन्जय डी सिल्भाले २९ रन जोडे ।
इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्क उडले समान ३–३ विकेट लिदाँ आदिल रशिदले २ विकेट र क्रिस वोक्सले १ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर